काठमाडौँ ।  असोज १२ गते आएको बाढी पहिरोले प्रभावित जिल्ला काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ का ३ सय ५४ घरधुरीलाई खाद्यान्न राहत सामग्री वितरण गरिएको छ ।

झेंग कुओ मन्दिर ताइवानको सहयोगमा सुखी नेपाली अभियानले चामल, दाल, तेल लगायतका खाद्यान्न सामग्री वितरण गरिएको सुखी नेपाली अभियानका अभियान्ता लाप्साङ पाख्रिन तामाङले जानकारी दिए ।अभियानले मसरङ्गी, भण्डारे, मजुवा, भदौरे, किम्भे, साँझाकोट, छाप, फेटटार, मकुटार, सिहाले, बकुल्टार, शिखर, फोइ लगायतका विपन्न तथा बाढी पहिरो प्रभावित घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

बाटो, बत्ति , खानेपानी लगायतको अभावमा जीवन चलाउन बाध्य त्यस वडाबासीहरु आफ्नो खेतबारीमा पाकेको अन्नाबाली समेत सबै पहिरो र बाढीले बगाएपछि राहतको पखाईमा थिए ।ताइवानी सहयोगीदाताहरू छाङ याङ सिफु, ज्यास्मिन र खेन्पो सहित खुशी नेपालका प्रतिनिधिहरू विकास महर्जन, लाप्साङ पाख्रिन तामाङ, स्थानीय समाजसेवी कुमार लामा (च्यामा), पत्रकार भीम लामा, रोशी वडा नं. ३ का वडा सदस्यहरू सीता लामा, सीता वि.क., गणेशबहादुर मोक्तान, खहरे प्रहरी चौकीका इन्चार्ज अमित यादव, पूर्णमान लामाको उपस्थितिमा राहत वितरण गरेका थिए ।

जहरसिंपौवा खुल्ला नकआउट फुटबल प्रतियोगिता सम्पन्न, उपाधी बिजेता बन्यो बोजेनि युवा क्लब

भौतिकमन्त्री दाहालद्वारा यातायात विभागको आकस्मिक अनुगमन