विद्यार्थी आन्दोलन र विद्यार्थी नेता भन्ने बितिकै हाम्रो आवाज हो भन्ने आममानिसमा जुन आशाभरोसा विगतमा थियो तर आज त्यस्तो छैन। मुलुकको समग्र विद्यार्थी आन्दोलन हिजो राजनीतिक परिवर्तनको अगुवा तथा सामाजिक बिकृती तथा बिसङ्गगती बिरुद्धको आवाज बुलन्द गर्ने थलो थियो। तर बिगत केहि समय देखी विद्यार्थी नेतृत्व तथा समग्र विद्यार्थी आन्दोलन प्रती चौतर्फी प्रश्न र बहस सिर्जना भएको छ ।
(१) गौरवपुर्ण बिगत ,अहिलेको बिद्यार्थी आन्दोलनमा किन सकिदैछ ताकत- विद्यार्थी नेता तथा विद्यार्थी आन्दोलनलाई विगतको समयमा साच्चै नै सम्मान र आस्थाको रुपमा हाम्रो समाजले हेरेको सत्य यहि हो । राजनीतिक आस्था र विचार दबिएको बेलामा समेत आम जनता र आफ्नो समुदायको अधिकार प्राप्तिको लडाइँमा अब्बल साबित गर्दै आएको विद्यार्थि आन्दोलनले हिजो खेलेको भुमिका स्वर्णिम र रत्तिम छ,चाहे राजनीतिक व्यवस्था परिवर्तन,जनजिविकाका सन्दर्भ वा राष्ट्र र राष्ट्रियताका सन्दर्भमा होस। अनेकौ विद्यार्थी संगठनहरुका माझमा अनेरास्ववियुले खेलेको भुमिका साच्चै नै स्वर्णिम अक्षरमा लेखिएको छ।
(२) विद्यार्थी आन्दोलनले चाहेको व्यवस्था तर विद्यार्थी संगठन वा आन्दोलनको कमजोर अवस्था – विद्यार्थी आन्दोलनको प्रमुख उदेश्य राजनीतिक भएतापनी यो संगै आफ्नो समुदायको अधिकार सुनिस्चित हुन्छ भन्ने विश्वासिलो आधार यो आन्दोलनले बोकेको पाईन्छ । विद्यार्थी आन्दोलनको सशक्त भुमिका बाट नै नेपालको राजनीतिक परिवर्तनको जग बसेको घाम जतिकै छर्लङ्ग छ। गणतन्त्र प्राप्तिको लागि भएको ६२-६३को जनआन्दोलन वा अन्य परिवर्तनका लागि भएका आन्दोलन तथा क्रान्तिका लाागी अनेरास्ववियुको भुमिका साच्चै गर्विलो छ । तत्कालीन अनेरास्ववियुले गणतन्त्रको संस्थागत निर्णय गर्दा अनेरास्ववियुका केन्द्रिय अध्यक्ष राजेन्द्र राईको भुमिका महत्वपूर्ण छ।साथैै सो समयका नेबिसंंघका नेताहरु गुरुराज घिमिरे, गगन थापा तथा अखिल छैंठौका नेता कृष्ण अधिकारि,प्रकाश पोखरेल तथा अन्य विद्यार्थी नेताहरुले खेलेको भुमिका तथा सो समयमा अखिल क्रान्तिकारीका नेताहरुको भुमिका समेत महत्वपूर्ण तथा सम्मानयोग्य छ। ( नोट – २०६२/०६३ भन्दा अघिका आन्दोलनमा विद्यार्थी नेतृत्वले खेलेको भुमिका सधै नै सम्मानयोग्य छन् ) त्यो ईतिहास बोकेको विद्यार्थी आन्दोलन बर्तमान समयमा किन आलोचनाको केन्द्र बन्दैछ? हामिले सोच्नु पर्ने बेला भएको छ । किनकि आजको विद्यार्थी आन्दोलन तथा नेतृत्व किन आम जनचासो तथा बिषयप्रती गम्भीर भएन भन्ने कुरा अहिलेको बिद्यार्थी आन्दोलन तथा यसको नेतृत्वले खेलेको भुमिकाले समेत त्यो झन प्रस्ट पारेको छ । स्वयं विद्यार्थी संगठनको नेतृत्वको गलत तथा गैरजिम्मेवार क्रियाकलापले शैक्षिक आन्दोलन झन धरापमा पर्दै गईरहेको छ । बर्तमान अवस्थामा विद्यार्थी नेताहरुको आन्दोलन प्रतिको उदासिनता तथा शैक्षिक मुद्दाको पहिचान गर्न नसक्ने कमजोरि बाट स्वयं विद्यार्थी नेता तथा आन्दोलनले स्थापित गरेको अहिलेको लोकतान्त्रिक गणतन्त्र तथा राज्यव्यवस्था समेत कमजोर बनेको छ।
(३) पार्टी नेता र सत्ताको गलत चरित्रलाई समेत बोल्न नसक्ने विद्यार्थी संघसंगठनको अहिलेको नेतृत्व – हिजो विद्यार्थी नेताहरु लालगेडि जस्तै हुन्छन भन्ने कथन हामिले सुन्दै र भोग्दै आएका थियौ। आँखाको कसिंगर लालगेडिले निकालेझै, समाजको कसिङ्गगर विद्यार्थि नेता उनिहरुले हाँकेका आन्दोलनले निकालेको त्यो ईतिहास अहिलेको विद्यार्थी नेताले टुलुटुलु हेरेर बस्नु बाहेक अन्य काम गर्न सकेको छैन।हिजो यस्तो समय पनि थियो जहाँ नागरिकले राज्यव्यवस्था र सरकार नदेखिएको बेला विद्यार्थी नेता वा आन्दोलनले सजिलै आफुले कारबाही भोग्न तयार हुदै नेता र पार्टीलाई गणतन्त्रको गोरेटोमा हिँडाएको गतिलो यथार्थता आझैपनी हामिसंग उज्यालो घाम जतिकै छर्लङ्ग छ । अहिले विद्यार्थी नेताको दिनचर्या पार्टी नेता तथा सत्ताको गुलाममा नै सिमित देखिन्छ । आफ्नो समुहको पार्टी नेताले गलत गरे पनि सहि भनेर व्याख्या गर्दै बचाउ गर्नु बाहेको अन्य काम गरेको देखिदैन। अहिलेका विद्यार्थी नेताहरु गुटबन्दीको गतिलो शिकार भएको कुरालाई नजरअन्दाज गर्न सकिँदैन।आज पार्टीको गुट बिभाजनसङ्गै विद्यार्थी आन्दोलन तथा यसका नेताहरु बिभक्त्त छन् । अहिले त सत्ता दलालिमा समेत बिद्यार्थी नेताहरु जोडिएको कयौ घटना हामी सबैले देखेकै छौ । हिजो पार्टी नेता र सरकारलाई दबाब दिने तथा खबरदारी गर्ने विद्यार्थी नेता तथा आन्दोलन आज सत्ताको दलालिमा लिप्त छ ।
(४) सत्ताको चरित्र बदलियो , त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन तथा नेताको गति बदलिएन – हामी सबैले भनेको वा खोजेको शासन व्यवस्था स्थापना भयो तर विद्यार्थी आन्दोलनले स्थापित गर्न खोजेको शिक्षा, स्वास्थ्य, रोजगार जस्ता मैलिक अधिकार हार्म्रो संविधानको स्पष्ट रुपमा मौलिक अधिकारको रुपमा स्थापित गरेको छ तर त्यसको कार्यान्वयन राज्यको तर्फबाट एकरती पनि भएको छैन। यो कार्यको लागी दबाबको भुमिका खेल्ने र त्यो चरित्र बोक्ने विद्यार्थी आन्दोलन यसबाट विमुख छ । प्रत्येक नागरिकको मौलिक अधिकारको रुपमा नेपालको संबिधानले ब्यवस्था गरेको शिक्षा र स्वास्थ्य हिजो भन्दा आज झन झन मंहगो र गरिव जनताको पहुँचबाट बाहिरिएको यथार्थ हामिबिच छर्लङ्ग छ। यस्तो बेलामा बिद्यार्थी नेतृत्व समेत बिद्यार्थी नेतृत्व सत्ताको रक्षाको लागी मात्र लडेको देखिन्छ ।
( ५) निश्कर्ष – विद्यार्थी आन्दोलन अब झन अपरिहार्य , दबाब र जागरणको भुमिका अनिवार्य – सत्ता सन्चालकहरु आफ्नै पार्टी हुँदा वा अरु पनि जनजीविकाको मुद्दाबाट बिमुख हुदा नेताहरुलाई आखामा आखामा जुदाएर बोल्ने सक्ने मुद्दा केन्द्रित बहसमा तान्ने विद्यार्थी आन्दोलन नै हो । आज देशको राजनीतिले जुन ढंगले शिक्षा तथा स्वास्थ्य जस्ता मुख्य विषयलाई उपेक्षा गरेको छ यसलाई जनताको प्रत्यक्ष जिवनसंग जोडिएका विषयलाई ध्यान दिने र सुन्ने विद्यार्थी आन्दोलन अहिलेको आवश्यकता हो,विद्यार्थी आन्दोलनल।