
शनिबार युवा संघ बाँकेका ईन्चार्ज दिपक शाहीको अध्यक्षता तथा पार्टी उपाध्यक्ष प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा उक्त भेला सम्पन्न भएको हो।
भेलामा लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष अब्दुल हुसेन खां, पार्टी केन्द्रीय सदस्यद्वय कृष्ण बिसी, नारायणी वली, केन्द्रिय निकाय, बाँके जिल्ला कमिटी अध्यक्ष दिपक जिएम, प्रदेश कमिटीका सदस्यहरू, जिल्लाका पदाधिकारी तथा सदस्यहरूको उपस्थितिमा भेला सम्पन्न भएको हो।
भेलाले श्रीकुमार रावतको अध्यक्षतामा २३ सदस्य युवा संघ नेपाल बाँके जिल्ला कमिटी गठन गरेको छ। भेलामा रमेश सुनारको नेतृत्व सय जना युवाहरू नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्नुभएको छ। युवाहरूलाई पार्टी उपाध्यक्ष ज्वालाले पार्टीमा स्वागत गर्नुभएको थियो।




-1750521381.jpg)
-1750521378.jpg)




