काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) कोशी प्रदेश कमिटीले पार्टी अध्यक्ष माधवकुमार नेपालमाथिको भ्रष्टचार मुद्धालाई राजनीतिक प्रतिशोध भएको दाबी गरेको छ।
पार्टीको कोशी प्रदेश अध्यक्ष सरिता थापाले जारी गर्नुभएको विज्ञप्तिमा भनिएको छ,’अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्धा कानूनीभन्दा राजनीतिक प्रतिशोध हो भन्ने हाम्रो ठहर छ।’
विज्ञप्तिमा अगाडि भनिएको छ,’अख्यियार अनुसन्धान आयोगलाई राजनीतिक प्रभाव र पूर्वाग्रहबाट मुक्त भएर निश्पक्ष भूमिका निर्वाह गर्न आग्रह गर्दछौंँ।’






