ओखलढुंगा: फागुन २१ को निर्वाचनलाई लिएर ओखलढुंगा चिसंखुगढी गाउँपालिकाका स्थानिय मतदाता उत्साहित देखिएका छन । जिल्लाकै विकासप्रेमी नेता अ्म्बिरबाबु गुरुङलाई उमेदवारको रूपमा पाउदा विकासको लहर चल्नेमा विश्वास रहेको भन्दै मतदाता भोट हाल्न तम्तयार रहेका हुन ।

नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य केपी भट्टराई चिसंखुगढी गाँउपालीकाका चुनावी कमाण्डर बनेका छन भने उनी स्थानिय नेता समेत हुन । भट्टराईले स्थानिय मतदातासंग दैनिक भेटघाटमा यस पटकको भोट नेकपाका उमेदवार गुरुङलाई नै दिने भन्ने प्रतिकृया पाइरहेको बताए । हामीसंग कुरा गर्दै भट्टराईले जनताको हरेक माग मुद्दाको सम्बोधन अब जनप्रीय विकास प्रेमी नेता गुरुङले नै गर्ने स्थानिय मतदाताको भनाई रहेको बताए । भट्टराई चुनावी कमाण्डरको जिम्मा पाए देखी जनतासंगै गाँउ टोल बस्तिमा रहेका छन । पालीकाको ५ नम्बर वडा पाखे गाउँका जनतासँग उनले प्रत्यक्ष भेटघाट गर्दै प्रतिकृया लिएको र जनताले यसपटक तारा चिन्हमा मतदान दिएर अ्म्बिरबाबुलाई जिताउने विश्वास दिलाएको बताए ।
आफुहरु जनताको समस्या तथा अपेक्षाहरू नजिकबाट बुझ्न र गुनासो सुन्न गाँउ टोलमा जाने गरेको भट्टराईले बताएका छन । समृद्ध चिसंखुगढी निर्माणको लागी आफुहरु निरन्तर लागी रहेको र अब अझ सशक्त रूपमा अघि बढ्ने भट्टराईको भनाई छ ।





