बीरगञ्ज । बीरगंज महानगरपालिका प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण नियम बिरुध्द नियुक्ति दिएर रकम असुली धन्दामा लागेको खुलेको छ। नेपाल सरकारको एक पालिका एक पशु चिकित्सक निति बमोजिमको बीरगंज महानगर पालिकामा रिक्त पशु चिकित्सक अधिकृत स्तर छैटौ करारको दर्वन्दी मा नियुक्ति दिंदा राम्रै असुली गरेको बिश्वस्त सूत्र बताउँछन्।

संघीय सरकारको अनुदानको दर्वन्दी पशु चिकित्सक आर्थिक बर्षको शुरुमा नै नियुक्त गर्नु पर्ने दर्वन्दी आर्थिक बर्षको अन्तमा आएर गैरकानुनी ढङ्गले आर्थिक लेनदेनको आधारमा नियुक्त गरेका छन् । २०८१ साल चैत १३ गते बीरगंज महानगर पालिकाले विज्ञापन प्रकाशित गरेर पशु चिकित्सा बिषयमा कम्तिमा स्नातक तह उतिर्ण गरेको र परिषदमा दर्ता भएको माग गरेको थियो ।

दर्ता गर्न जम्मा ७ दिन म्याद र परिक्षाको किसिममा अन्तर्वाता भनिएको थियो । तोकिएको समय सिमा भित्र दर्ता हुन आएका निवेदनमा डा. शार्दुल कार्की बिरुवा गुठी -१ पर्सा, डा.रबि यादव कलैया न पा -१ बारा, डा.अमन कुमार चौधरी, भद्रपुर -७ झापा, सुदिप कुमार शर्मा हरिहरपुर -१ धनुषा र नेहा यादव बेलवा -४ पर्साले आवेदन दिएकाे देखिन्छ। अन्तर्वाता को समय आवेदन दिने म्याद समाप्त भएपछी तोकिने छ भनिएको थियो।

उमेदवारले पटकपटक सम्पर्क गर्दा समेत वेवास्ता गरेर छाडेको अन्तर्वाता एकै पटक दुइ महिना पछी २०८२ जेठको ९ गतेका दिन २०८२ जेठ १६ गते अन्तर्वाता हुने भनिएर गोप्य सुचना प्रकाशित गरेका रहेनछन् , त्यो सुचना डा. सुदिप कुमार शर्मा धनुषा, डा. रबि यादव, बारा र डा. अमन कुमार चौधरी, झापा लाई मात्र लाई खबर गरेर बीरगंज महानगर पालिका का प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण, ब्यबस्थापन तथा कर्मचारी महाशाखा प्रमुख सुनिल कर्ण परिक्षा (अन्तर्वाता) लिने बिशेषज्ञ बीरगंज पशु क्वारेन्टाइनका प्रमुख डा. राकेश मोहन सिंह समेतको मिलिभगतमा डा. सुदिप कुमार शर्मा धनुषा संग मोटो रकम लिई जागिरको ग्यारेन्टी गरेकाले यि सबै रणनितीक चाल चलेको पिडित उमेदवार बताउँदछन् ।

करार सेवामा लिंदा समेत लिखित अन्तर्वाता दुबै प्रक्रिया पुरा गर्नु पर्नेमा लिखित परिक्षा नलिनु , दुई महिना पछाडी मात्र अन्तर्वाताको मिति गोप्यमा प्रकाशित गर्नु र आफुले चाहेका लाई मात्र अन्तर्वाताको मिति जानकारी गराउनु , तोकेको मितिमा समेत नलिई त्यसमा पनि दुईदिन अगाडी नै जेठ १४ गते अन्तर्वाता लिनु , नाम मात्रको अन्तर्वाता लिई नियम बिपरित प्रक्रिया मिचेर र निवेदन दिएका केही उमेदवार लाई खबरै नगरी अन्तर्वातामा सहभागी हुन बाट बन्चित गराई रकमको चलखेलमा नियुक्ति गर्न लागेको थाहा पाए लगत्तै अन्तर्वाताको सुचना नपाएका उमेदवार बीरगंज महानगर पालिका कार्यालयको सम्पर्कमा पुगेर आफुहरु पनि उमेदवार भएको र अन्तर्वातामा सहभागी हुन पाउनु पर्ने भन्ने उमेदवार लाई आफुहरुले प्रक्रिया पुरा गरी नियम संगत ढंगले गरेको उमेदवार छनौट प्रक्रिया कुनै हालतमा बदर नहुने जवाफ फर्काएको बताउँद छन् ।

सफल उमेदवार बनाईएका सुदिप कुमार शर्मा र बैकल्पिक उमेदवार रबि यादव भएको भनि जेठ २५ गतेको मितिको निर्णयको सुचना जेठ २७ गते साँझ प्रखुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण को ईशारामा ब्यबस्थापन तथा कर्मचारी महाशाखा प्रमुख सुनिल कुमार कर्णले हस्ताक्षर गरी प्रकाशित गरेको देखिन्छ । यसरी करारमा सेवा नियुक्ति गर्दा समेत नछाड्ने प्रमुख प्रशासकिय अधिकृत अरबिन्द लाल कर्ण योजना , बिकाश, निर्माण, नगर प्रहरी नियुक्ति, शिक्षकको नियुक्ति, दर्वन्दी मिलान समेत आफ्नो आर्थिक प्रभावको आधारमा गर्ने गरेको बिश्वस्त सूत्र बताउँद छन्।

सञ्चारकर्मी पाठकलाई पक्राउ पुर्जी जारी गरेको घटनाप्रति समाजवादी प्रेस संगठनको आपत्ति 

खेलाडी उत्पादनको प्रमुख र प्रारम्भिक जग भनेकै गाउँ र विद्यालय हुन : राष्ट्रपति पौडेल