काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान राजनीतिक व्यवस्था परिवर्तन गर्न आन्दोलन आवश्यक रहेको बताएका छन्।विराटनगरमा शनिवार आयोजित पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले सडक सङ्घर्षबाट व्यवस्था परिवर्तन हुने दाबी गरे ।

लिङ्देनले भने, ‘गणतन्त्र आन्दोलनबाट आएको हो, राजसंस्था पुनर्स्थापना पनि आन्दोलनबाटै सम्भव छ ।’ लिङ्देनले नेपाली कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरूले देशलाई बन्धक बनाएको आरोप लगाए । उनले बिचौलिया, नेता, कर्मचारी र न्याय क्षेत्रको ‘अघोषित गठबन्धन’ ले देशलाई सङ्कटतर्फ धकेलेको बताए ।

साम्राज्यवादी युद्ध र आक्रमणको विरोधमा पाँच कम्युनिष्ट पार्टीले प्रदर्शन गर्ने

कानुन बनाउँदा जनतामा केन्द्रित हुनुपर्छ: उपाध्यक्ष ज्वाला