
गीतमा गायिका एलिना चौहानलाई लोकप्रिय गायक खुमन अधिकारीले स्वरमा साथ दिएका छन् । गीतको शब्द गायत्री थापाले लेखेकी हुन् भने लय खुमन अधिकारीकै रहेको छ ।
म्युजिक भिडियोमा खुमन अधिकारी, स्मारिका ढकाल, गायत्री थापा र विन थापाले अभिनय गरेका छन् । भिडियोलाई जीवन कुमार ज्ञवालीले निर्देशन तथा कोरियोग्राफी गरेका छन् । दुर्गा पौडेलको छायांकन र नविन घर्तिमगरको सम्पादन रहेको भिडियोले गीतको भावनालाई प्रभावशाली ढंगले दर्शाएको छ ।




