पाँचथर । फिदिम नगरपालिका–१ र ११ जोड्ने फिदिम–फालोट सडक खण्डअन्तर्गत फेमेखोलामा डाइभर्सन बाहिरबाट बगेको बाढीले सडक कटान गरेको छ ।
बाढीले निर्माणाधीन डाइभर्सनलाई छलेर अर्को किनारबाट बग्दै मुख्य सडक भाग बगाएको हो । खोलाको बहाव अनियन्त्रित बनेपछि फिदिम नगरपालिका–१०, ११, १२, १३ र फालेलुङ गाउँपालिका जोड्ने मुख्य सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।
खोलाको बहाव पुनः डाइभर्सन तर्फ फर्काउन डोजरमार्फत काम थालिएको पूर्वाधार विकास कार्यालय पाँचथरले जनाएको छ ।
“डाइभर्सनमै खोलाको बहाव ल्याएर सडक खुलाउने प्रयास भइरहेकाले केही समय लाग्न सक्छ,” कार्यलयले जनाउको छ । सडक खुलाउने प्रयास जारी छ ।





