मोरङ । ४७ औं पुष्पलाल स्मृति सप्ताहको अवसरमा नेकपा एकीकृत समाजवादी मोरङ जिल्ला समितिले मोरङको बेलवारी नगरपालिका–४ स्थित देवीथान सामुदायिक वन क्षेत्रमा फलफूलका विरुवाहरू रोपेको छ।
प्राकृतिक वातावरण संरक्षण र जंगली जनावरको बसोबासलाई सहज बनाउने उद्देश्यसहित आजको कार्यक्रममा तीन सयभन्दा बढी विरुवा लगाइएका छन्।

सडक क्षेत्रमा जनावरको चहलपहल बढेसँगै हुने दुर्घटनालाई न्यून पार्न बृक्षारोपण गरिएको नेकपा एसका जिल्ला उपाध्यक्ष दीपक ढकालले जानकारी दिए। उनका अनुसार जंगलमा जंगली जनावरको लागि पर्याप्त आहार नहुँदा सडकमा आउँने क्रम बढेको छ, जसले दुर्घटनाको सम्भावना बढाउँछ। यस कारणले वनभित्रै फलफूलका विरुवा रोप्ने अभियान सुरु गरिएको हो।

ढकालका अनुसार आगामी पुष्पलाल स्मृति सप्ताहमा मोरङ जिल्लाका प्रमुख राजमार्गसँग जोडिएका अन्य सामुदायिक वन क्षेत्रमा २७ सयभन्दा बढी विरुवा रोप्ने तयारी भइरहेको छ।
कार्यक्रममा वयोवृद्ध कम्युनिस्ट नेता हर्कमान तामाङ प्रमुख अतिथि थिए भने प्रदेश सभा सदस्य सरिता खड्काको पनि उपस्थिति रहेको थियो।

“आकाशै राम्रो जुनले” सार्वजनिक

‘कम्युनिस्टहरूलाई समाप्त पार्ने खेल चलि रहेको छ’- महासचिव विप्लव