निर्वाचित दाहाल दोलखा जिल्ला अध्यक्ष र सचिव काठमाडौं अध्यक्ष हुन।

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बागमती प्रदेशको प्रथम अधिवेशनबाट अध्यक्षमा भीमप्रसाद दहाल र सचिवमा एल पि श्रेष्ठ निर्वाचित भएका छन्।बागमती प्रदेशको अध्यक्षका लागि पूर्व मन्त्रीद्वय लक्ष्मण लम्साल र बसुन्धरा हुमागाई सहित ४ जना आकांक्षी थिए।

फागुन ३, ४ र ५ गते सम्पन्न प्रथम प्रदेश अधिवेशनले दहाललाई सर्वसम्मत रूपमा निर्वाचित गरेको पार्टीका उपाध्यक्ष तथा कमिटीका इन्चार्ज डा.गंगालाल तुलाधरले जानकारी दिए ।

इन्चार्ज तुलाधरका अनुसार उपाध्यक्षमा गोविन्द नेपाली र राजु श्रेष्ठ, सचिवमा एलपी श्रेष्ठ, उपसचिवमा नानिराम चौलागाई, निरू खरेल, दिपक धनुके निर्वाचित भएका छन् । दहालको नेतृत्वमा १८६ जना सदस्यीय कमिटी सर्वसम्मत चयन गरिएको हो।

समाजवादी प्रेस संगठन नेपालको अध्यक्षमा शम्भु श्रेष्ठ चयन

प्रजातन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व हो: पूर्वप्रधानमन्त्री नेपाल