काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले एसीसी यू-१६ इस्ट जोन कम क्रिकेट प्रतियोगिताको उपाधि जितेकामा नेपाली टोलीलाई बधाई ज्ञापन गरेका छन् ।

उनले उपाधि जित्न सफल नेपाली खेलाडी, प्रशिक्षक र सम्बद्ध अधिकारीसहित सबैलाई शनिबार सामाजिक सञ्जालमार्फत् बधाई दिएका हुन् ।

मलेसियामा शनिबार भएको फाइनल खेलमा नेपाली टोलीले सिङ्गापुरलाई पराजित गर्दै उपाधि जितेको थियो ।

निजामती विधेयक राष्ट्रियसभाबाट गायब पार्न खोजियो- सांसद भुसाल

समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिने नाउपाको निर्णय