काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति जनताको हितमा नभएको स्पष्ट पार्नुभएको छ।

यातायात व्यवसायीहरूसँग झुकेर सरकारले सिन्डिकेटलाई संरक्षण गरेको उनको भनाई छ। मंगलबार बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा उपाध्यक्ष ज्वालाले भन्नुभयो, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो। निश्चित वर्गको फाइदाका निम्ति सरकारले यो सम्झौता गरेको छ।’

गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो।

उपाध्यक्ष ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताउनुभयो। उहाँले तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गर्नुभयो।
उहाँले अगाडि थप्नुभयो, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा। विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तीजनक छ। यस ढंगले जनताले सेवा पाउँदैनन्।’

सदन खुलाउन विपक्षी दलले राखे तीन शर्त, गृहमन्त्रीको राजीनामाको अडान