काठमाडौं।बरिस्ठ कम्युनिस्ट नेता एवम् पत्रकार कमल कोइरालाको ८७ बर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ।केही दिन अघिमात्र मस्तिष्कघात भएर ढलेका कोइरालाको काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भैरहेको थियो।

दिवंगत कोइरालाको आज एकीकृत समाजवादीको केन्द्रिय कार्यालय आलोकनगरमा श्रद्धाञ्जलीका लागि राखिने वरिष्ठ पत्रकार किशोर श्रेष्ठले बताउनु भएको छ।उहाँ पूर्वप्रधानमन्त्री मातृका प्रसाद कोइरालाका छोरा हुनुहुन्थ्यो।कोइराला परिवारबाट कम्युनिस्ट पार्टिमा लाग्ने उहाँ पहिलो हुनुहुन्थ्यो।उहाँ पूर्व राजदुत पनि हुनुहुन्थ्यो।

एकीकृत समाजवादीले आज पत्रकार सम्मेलन गर्दै

माधव नेपालद्वारा इदको सुभकामना व्यक्त