मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो आरोप लगाउनु भएको हो। उहाँले लामो छलफलपछि ४ जना मन्त्री (रक्षा, गृह, संघीय मामिला र शिक्षा) बसेर दुई वर्षको कुलिङ पिरियडमा सहमति गरिएकोमा एक थरी सचिवहरु प्रधानमन्त्रीलाई संयुक्त रुपमा राजीनामा दिन्छौं भनेर धम्की दिन गएको र उनीहरुकै मिलेमतोमा चलखेल भएको हुनसक्ने आशंका गर्ने ठाउँ प्रशस्त रहेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘लामो छलफलपछि ४ जना मन्त्री बसेर रक्षा, गृह, संघीय मामिला र शिक्षामन्त्री बसेर गृहमन्त्रीले नै दुई वर्षको कुलिङ पिरियडमा सहमति भयो भनेर सुनाउनु भएको हो। यो विधेयक त्यसपछि पास भएको हो। एक थरी सचिवहरु प्रधानमन्त्रीलाई संयुक्त रुपमा राजीनामा दिन्छौं भनेर धम्की दिन गए भन्ने सुनेको हो। निजामती कर्मचारी वा अन्य सरकारी सेवाबाट राजीनामा दिएको वा अवकाश भएको कर्मचारीले सेवाबाट अवकाश भएको मितिले दुई वर्ष अवधि पूरा नभइ कुनैपनि संवैधानिक वा सरकारी पदमा नियुक्ति पाउनेछैन। हामीले पास गरेको विषय यही हो। अब यसलाई खण्डन हुनेगरी संसदमा पेश भएको जुन पुरानो विधेयक थियो, त्यसैमा बाँकी पनि जोडेर हालिदिएको छ। जुन कुरा चाहिँदैन। यो बनाउनमा जो जो धम्कीपूर्ण ढंगले सचिवहरु लागेका थिए, तिनैको खेल भयो भन्न सकिन्छ।’

विश्व संस्कृत सम्मेलन सम्पन्न

एकीकृत समाजवादी धनुषाको ७ औँ जिल्ला अधिवेशन उद्घाटन