काठमाडौं, नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा संविधान सभा सदस्य विदुर सापकोटाको निधन भएको छ।
सापकोटाको फागुन ८ गते बिहान ३:५० बजे हेल्पिङह्यान्ड हस्पिटलमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ। सापकोटाको पार्थिव शरीर नेकपा (एकीकृत समाजवादी) कार्यालयमा राखिने भएको छ।
साथै आजदेखि बस्ने भनिएको केन्द्रीय कमिटी बैठक शुक्रबारदेखि सुरु हुने भएको छ। पार्टी उपसचिव रामकुमार भट्टराईका अनुसार सापकोटाको निधन भएको हुनाले आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलि (शक्रबार) ११ बजे नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर बस्ने गरी स्थगित गरिएको छ।
उहाँ २०७० सालको संबिधान सभाको निर्वाचनमा काभ्रे क्षेत्र नं ४ बाट निर्वाचित हुनु भएको थियो।हाल उहाँ एकीकृत समाजवादीको पोलिट्ब्युरो सदस्य एवम् बागमती प्रदेशको सहइन्चार्ज हुनुहुन्थ्यो।