काठमाडौं । तामाङ चलचित्र संघ नेपालले आफ्नो १६ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउएको छ ।
स्थापना दिवसको अवसरमा आयोजित सेमरी छोरङान पदक सम्मान कार्यक्रम संस्थाको अध्यक्ष दिपक लामाको सभापतित्वमा सम्पन भएको थियो ।
कार्यक्रमका प्रमुख अतिथिमा नेपाल चलचित्र बिकास बोर्डको अध्यक्ष दिनेश डिसि, विशिष्ट अतिथिमा तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तान, विशेष अतिथिमा आदिवासी जनजाति चलचित्र महासंघका कार्यबाहक अध्यक्ष भुईसल लामा, अतिथीहरुमा चलचित्र संरक्षण मंचका अध्यक्ष रोजन रखल, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष दावा फिन्जो तामाङ, , तामाङ, पत्रकार संघका अध्यक्ष नेत्र तामाङ,उपाध्यक्ष तिर्थ मान बल लगायतको उपस्थिति थियो ।
सोही कार्यक्रममा सेमरी छोरङान पदक सम्मान बाट सम्मानित हुनेमा तामाङ चलचित्र क्षेत्रका लोकप्रीय नायक कुमार मोक्तान, नायिका लता योन्जन, र चर्चित गायक एंवम संगीतकार विश्व दोङ सम्मानित भएको थियो त्यस्तै सेमरी छोरङान सम्मानबाट सम्मानित हुनेमा तामाङ चलचित्रका नायक दावा फिन्जो तामाङ, बरिस्ठ नृत्य निर्देशक दिनेश पाख्रीन, पत्रकार सूर्य मोक्तान, निर्माता तथा कलाकार प्रबल थिङ तामाङ,नायिका संगीता तितुङ गायिका बबिता पाख्रीन, गायक प्रतीक मोक्तान सम्मानित भएका थिए ।
कार्यक्रममा पत्रकार डिलकुमारि नेपाल, शान्ति गुरुङ , संगम तिवारी लगायतलाई बिधागत क्षेत्रमा कलम चलाएको भन्दै प्रशसा पत्र सहित सम्मान गरिएको थियो ।





