ओखलढुंगा: फागुन २१ गते हुने निर्वाचनलाई लिएर ओखलढुंगामा रहेका विभिन्न राजनितिक दलहरु चुनाव प्रचार प्रसारमा लागेका छन । जिल्लामा दल र स्वतन्त्रबाट १५ जना उमेदवार प्रतिस्पर्धामा छन भने दुई जना स्वतन्त्र उमेदवार रहेका छन ।


राजनैतिक प्रभावका हिसाबले पछिल्लो समस्य नेपाली कम्युनिष्ट पार्टीका उमेदवार ओखलढुंगामा अन्य उमेदवारको तुलनामा अम्विरबाबु गुरुङ सबैभन्दा अगाडी देखिएका छन । अन्य दलले पनि आफ्नो उपस्थिति जनाए पनि आम जनता मतदाताको नजरमा गुरुङ नै सबैभन्दा अब्बल र लोकप्रीय देखिएका हुन । मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसलाई मानेको नेकपाले एमालेलाई प्रतिस्पर्धी नै स्विकारेको छैन । उनै नेकपाका उमेदवार रहेका गुरुङ सिंगो एमालेको जिल्ला कमिटी नै लिएर नेकपा प्रवेश गरेपछि ओखलढुंगामा एमाले पुनर्गठित हुनै नसकेको नेकपाका नेताहरु बताउछन।
उमेदवार गुरुङले जिल्ला कमिटी पछि पालीका पालीकामा पुगेर एमालेको कमिटी नै नेकपामा समायोजन गरिसकेकाले एमाले तल्लो कमिटीमै कमजोर बनेको बताइएको छ । अहिले चुनावी अभियानमा समेत गाँउटोल बस्तीबाट जनताको उपस्थिति देख्दा गुरुङनै जनताको साझा उमेदवार जस्तै बनेका छन । बिहानै झिसमिसे देखी अबेर रातीसम्म चुनावी अभियानमा खटेका गुरुङलाई जनताले दिएको साथले अगामी फागुन २१ गते बहुमतले विजय गराएर संसदभवन पठाउनेमा कुनै शंका नरहेको नेता कार्यकर्ताको भनाई छ । प्रदेश सांसद पछि मन्त्री बनेका गुरुङले जिल्लामा गरेका विकासका कारण पनि उनले जित्ने मुख्य आधार बन्दै गएको देख्न सकिन्छ ।साच्चै माहौल हेर्दा पनि त्यस्तै रहेको अनुमान गर्न सकिन्छ ।
यता कांग्रेस पनि विभाजनको संघारबाट ब्युतिएर नयाँ नेतृत्व चयन गर्दै चुनावमा होमिएको छ तर आन्तरिक रूपमा कांग्रेस धुजा धुजा बनेको सार्वजनिक नै छ । यसकारण पनि ओखलढुंगामा कांग्रेस बलियो अवस्थामा नरहेको अन्य राजनितिक दलहरुको ठम्याई रहेको छ ।

नयाँ हौ भन्दै राजनितिमा आएको अर्को दल हो राष्ट्रीय स्वतन्त्र पार्टी रास्वपा ।आफुलाई मुख्य प्रतिस्पर्धी भन्दै चुनावी मैदानमा होमिएको छ । रास्वपाको उमेदवार प्रहरीका पुर्व एआईजी हुन भने उनले ३१ बर्षको जागिरे जीवनबाट अवकास पछि हाल रास्वपाबाट उमेदवार बनेका छन्। उनी राजनितिक रूपमा काँचो र अपरिपक्व रहेको कारण मतदाताले नपत्याउने अन्य दलहरुको बुझाई छ ।
ओखलढुंगामा उमेदवार बनेका अन्य राजनितिक दल र स्वतन्त्र उमेदवारहरुको भनेको खासै चर्चा देखिएको छैन ।
पत्रकार: प्रदीप खड्काको रिपोर्ट





