साउन १०,काठमाडौं।नेकपा एमाले काठमाडौं क्षेत्र नं २ ले प्रकाशित गरेको पार्टिको मुखपत्र “सुर्य संदेश”को एक कार्यक्रमका बिच बिमोचन गरिएको छ।सो पुस्तकमा नेकपा एमालेले निर्वाचन क्षेत्रका विभिन्न पार्टी गतिविधि र विभिन्न बिषयमा तयार पारिएको लेख ,रचना प्रकाशित गरेको छ।।सो पुस्तक प्रकाशनको संयोजन महेन्द्रलाल श्रेष्ठले र सम्पादन कृष्णलाल बजगाईले गरेका थिए।पुस्तकको बिमोचन नेकपा एमाले काठमाडौंका इन्चार्ज एवम् पोलिट्ब्युरो सदस्य आनन्द पोखरेलले गरेका हुन्।सो कार्यक्रममा नेकपा एमाले काठमाडौं २ का इन्चार्ज रामेश्वर फुयाल लगायत अन्य नेता कार्यकर्ताको कार्यकर्ताको बाक्लो संख्यामा उपस्थिति थियो।सो पुस्तक २ हजार प्रती छापिएको बताईएको छ।





