काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आज दिउँसो   पत्रकार सम्मेलनको  आयोजना गर्दैछ ।हिजो शनिबार बसेको पार्टी स्थायी कमिटी बैठकका निर्णय एवम् विकसित राजनीतिक घटनाक्रमका सन्दर्भमा जानकारी दिन पत्रकार सम्मेलनको आयोजना गर्न लागिएको पार्टिका उपमहासचिव एवम कार्यालय सचिव रामकुमार भट्टराईले बताउनुभयो।

गत १५ गते काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले गरेकोे प्रदर्शनका क्रममा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा तथा अन्य ठाँउमा आक्रमण गरेका थिए । राजावादीहरुको आक्रमण र तोडफोडबाट ५० लाखभन्दा बढीको क्षति भएको एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशोक कोइरालाको निधन

बरिस्ठ कम्युनिस्ट नेता कमल कोइरालाको निधन