ओखलढुंगा: ओखलढुंगामा एमालेको हार निश्चित भएपछि एमालेले आफ्ना कार्यकर्तालाई हुलदंगा र कुटपीटमा प्रयोग गरेको छ । गएराती ओखलढुंगा सदरमुकामको मिलनचोकमा नेपाली काम्युनिष्ट पार्टीका कार्यकर्ता मन्जिल राईलाई बसिरहेको अवस्थामा एमालेका स्थानिय गुण्डाहरुको १०/१२ जनाको जत्थाले कुटपीट गरी गम्भिर घाइते बनाएको नेकपा ओखलढुंगाका नेता बिनोद सुनुवारले जानकारी दिएका हुन।

कुटपिटमा संलग्न भएकाहरु फरार रहेको र खोजी कार्य भैरहेको बताइएको छ ।

घाइते हुनेमा नेकपा सिद्दिचरण नगरपालीका ओखलढुंगाका कार्यकर्ता रहेका छन । उनलाई मिसन अस्पतालमा उपचारको लागी लगिएको थियो भने थप उपचारको लागी आज दिउसो हेलिकप्टर मार्फत काठमाडौं लागिएको छ ।

घाइते राईको टाउकोमा गम्भिर चोट लागेको नेता सुनुवारले बताए । उनले ओखलढुंगामा एमाले हार्ने निश्चित भएपछि नेकपाका कार्यकर्तामाथी सांघातिक आक्रमण गर्न एमालेले आफ्ना कार्यकर्ता प्रयोग गरेको आरोप लगाएका छन । “हाम्रो जित निश्चित भएपछि उनीहरु हामीमाथि भौतीक आक्रमणमा लागेको देखिन्छ,” नेता सुनुवारले बताए ।
फागुन २१ गतेको निर्वाचनको लागी मौन अवधी शुरु भए लगत्तै ओखलढुंगामा यस्तो घटना घटेको हो ।

वडा कमिटीनै नेकपामा समायोजन भएपछी ओखलढुंगा एमालेलाई ठुलो झट्का

संसद्‌बाहिरका विज्ञलाई मन्त्री बनाउने बालेनको चाहाना, होला त पुरा ?

छैन कमेन्ट

Leave a Reply

Your email address will not be published.Required fields are marked with * .