भदौ ६,काठमाडौं। नेपाली हिन्दु नारीहरुको विशेष चाड  हरितालिका तीज २०८२ को अवसरमा नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं २ ले ‘राजनीतिमा महिला सहभागिता र राष्ट्रिय विकासमा त्यसको प्रभावकारिता’ विषयक विशेष कार्यक्रमको आयोजना गर्दै छ।

 उक्त कार्यक्रम काठमाडौंको मूलपानीस्थित रोयल प्यालेसमा शुक्रबार आज आयोजना गर्न लागेको नेपालि काङ्ग्रेस काठमाडौं २ का सभापति कबिर शर्माले बताउनुभयो। कार्यक्रम दिनको १२ बजेका लागि तय गरिएको छ ।

 उक्त कार्यक्रम नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. २ को आयोजना र नेपाल महिला संघ क्षेत्र, प्रदेश, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाका विभिन्न जनवर्गीय संगठनहरु तथा स्थानीय वडास्तरका समितिहरु सह-आयोजकका रुपमा रहेका छन् ।

कार्यक्रम नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतको प्रमुख आतिथ्यतामा हुनेछ ।

कांग्रेस क्षेत्र नंं २ का सभापति कवीर शर्माले महिलाको हक, हित र अधिकारका विषयमा जनचेतना फैलाउने, उनीहरूको राजनीतिक सहभागिता अभिवृद्धि गर्ने तथा समाजमा सकारात्मक प्रभाव पार्ने उद्देश्यसहित कार्यक्रम आयोजना गर्न लागिएको बताउनुभयो ।

नेपाली महिलाहरूको महान चाड तीजको सन्दर्भमा आयोजना गरिएको यस कार्यक्रममा विभिन्न राजनीतिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहनेछ ।साथै उक्त कार्यक्रममा काठमाडौं २ का विभिन्न स्थानिय तहबाट सहभागीता हुने बताईएको छ।

महिलाको राजनीतिक सहभागिता अझै पनि चुनौतीपूर्ण अवस्थामा रहेको सन्दर्भमा यस्ता कार्यक्रमले महिला नेतृत्त्वको सम्भावनालाई उजागर गर्दै राष्ट्रिय विकासमा उनीहरूको योगदानलाई पहिचान गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।

 

महिलाहरू अझैपनि समान अवसरबाट वञ्चित छन्-सरोकारवाला

संविधान घोषणाको दसकलाई विशेष उत्सवका रुपमा मनाइने