काठमाडौं । नेपाली सुन चाँदी व्यवसायको क्षेत्रमा २० वर्षभन्दा लामो अनुभव सँगाल्दै आएको यामुना ज्वेलर्स ले आज एक नयाँ अध्याय सुरु गरेको छ। आफ्नो नयाँ ब्रान्ड “Astro Collection” को भव्य सुरुवात गर्दै, आज मिलनचोक, बानेश्वर मा आधुनिकता र मौलिकताको संगम प्रस्तुत गरिएको छ।
यो नयाँ प्रतिष्ठानको उद्घाटन कार्यक्रम विशेष उत्साह, समर्पण र उल्लासका साथ सम्पन्न भयो। कार्यक्रममा स्थानीय बासिन्दा, व्यवसायिक समुदायका अगुवाहरू, शुभचिन्तकहरू, तथा सामाजिक व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति थियो।
संस्थापक दिपेन्द्र जङ्ग रसाइली र यमुना बराइलीको विगत दुई दशक लामो व्यावसायिक अनुभव, कठोर परिश्रम, र अपार धैर्यता आज “Astro Collection” को रूपमा फलदायी भएको छ। यामुना ज्वेलर्सले जे जति व्यवसायिक प्रतिष्ठा आर्जन गर्यो, त्यसलाई नयाँ पुस्ता, नयाँ सोच र नयाँ शैलीमा अगाडि बढाउने प्रयास स्वरूप यो नयाँ ब्रान्ड सुरु गरिएको हो।
“Astro Collection” मा विशेषगरी पञ्चधातुका गहनाहरू, परम्परागत र आधुनिक डिजाइनहरूको संयोजन, र स्त्री सौन्दर्य झल्काउने कलात्मकता विशेष आकर्षणको केन्द्र रहेका छन्।
यो व्यवसायले नारी सशक्तिकरण, नेपाली हस्तकला संरक्षण, र आत्मनिर्भरता प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, यो स्थानले स्थानीयस्तरमा रोजगारी सिर्जनासँगै नेपाली गहनाको पहिचानलाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्याउने उद्देश्य बोकेको छ।





