असार १४ काठमाडौं।यस बर्षको माध्यमिक शिक्षा परिक्षा (SEE )मा साँखु स्थित भगवती माध्यमिक बिधालय ४:०० जिपिए सहित शंखरापुरको सामुदायिक बिद्यालय मध्येकै उत्कृष्ट भएको छ।यस बिधालयबाट यस शैक्षिक सत्र २०८१ मा ३२ जना सहभागी भएका थिए।सहभागी मध्ये सबै बिद्यार्थी उत्कृष्ट नतिजा सहित उतिर्ण भएको बिधालयका प्रधानाध्यापक अनुप श्रेष्ठले बताउनुभयो।शंखरापुर नगरपालिकाकै उत्कृष्ट बिद्यालयको रुपमा दर्ज भएको भगवती मा.बि.ले यो नतिजा ल्याउनुमा बिद्यालयको उत्कृष्ट टिम र बिद्यार्थीको मेहनत रहेको बिद्यालय व्यस्थापन समितिका अध्यक्ष ओम बहादुर कार्की बताउनुहुन्छ।

बिधालयले आगामी दिनमा शैक्षिक गुणस्तरलाई ध्यान दिंदै अगाडि बढने प्रधानाध्यापक अनुप श्रेष्ठ बताउनुहुन्छ।

मौसम : यी प्रदेशमा धेरै भारी वर्षा हुने,सतर्कता अपनाउन अनुरोध

नेपाल कृषि क्षेत्रमा ठूलो सम्भावना भएको मुलुक हो: अध्यक्ष नेपाल