काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताएका छन् ।

स्कुल अफ माक्र्सिज्मद्वारा ४७ औं पुष्पलाल स्मृतिमा आयोजित वर्तमान राजनीति र कम्युनिष्ट आन्दोलन विषयक कार्यक्रमलाई सम्बोधन गर्दै उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको बताएका हुन् ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्व नयाँ संविधान कार्यान्वयनमा भन्दा सत्ताको कुर्सी प्राप्तितिर लागेकाले जनतामा निराशा बढेको बताए ।

उपमहासचिव शर्माले मनमोहन अधिकारी बाहेकका देशका सबै कम्युनिष्ट प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको आरोप समेत लगाए ।
उनले राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा पार्टनरसिप गर्नु दुर्भाग्यपूर्ण भएको बताउदै भने९ ‘हामीले राज्यपुर्नसंरचनाको कुरा उठाएका थियौँ । तर त्यतातिर लागेनौँ । हामी हतारमा सत्ताको कुर्सी प्राप्तिमा लाग्यौँ । जसले गर्दा नयाँ संविधान कार्यान्वयन गर्न सकिएन ।

पुरानै राज्य संरचना, माइड सेटले नयाँ संविधानको कार्यान्वयन, जनताको अधिकारको कार्यान्वयन गर्न उनीहरू तयार भएनन्, राजनीतिक नेतृत्व उनीहरूकै कारिन्दा जस्तो भयो । पुरानै माइन्ड सेटबाट परिचालित भए । व्यक्तिगत निहित स्वार्थमा पार्टनरसिप गरेर एकले अर्कालाई प्रशंसा गर्न स्थिति सिर्जना भयो । यो दुर्भाग्यपूर्ण स्थिति हो ।’

यसैगरी उप–महासचिव शर्माले प्रधानमन्त्रीले भ्रष्टाचार नगर्ने र गर्न नदिने हो भने आधा भ्रष्टाचार त्यसै घट्ने ठोकुवा गर्दै त्यस्तो संकल्प नेपालको राजनीतिक नेतृत्वमा नदेखिएको बताए । उनले मनमोहन अधिकारीबाहेक सबै कम्युनिष्ट नेताहरुले असुली भन्दा गरेको दाबी गर्दै नेपालका कम्युनिस्ट नेताहरु विचौलिया र कमिसनखोरबाट टाढा रहन नसकेको बताए । उनले भने – ‘दुःखका साथ भन्नुपर्छ मनमोहन अधिकारीबाहेक अरु कम्युनिस्ट नेताले असुली धन्दा गरैकै छन्, यो आरोप होइन, यथार्थ हो । ’ नारा सुशासनको दिए पनि नेपालका बहुसंख्यक प्रधानमन्त्रीहरू असुलीधन्दामा संलग्न रहेको उनको भनाइ थियो।

उनले भने ‘मुख्य नेतृत्व भ्रष्टाचार साँच्चिकै नगर्ने भयो भने ६० प्रतिशत भ्रष्टाचार त्यसै घट्छ। राम्रो निगरानी गर्ने हो भने, राम्रो निगरानी गर्ने संयन्त्र बनाउने हो भने २० प्रतिशत त्यसले घटाउँछ, बाँकी २० प्रतिशत जनताको चेतनाले नियन्त्रण हुन्छ,’ शर्माको भनाइ थियो, ‘तर, यहाँ दिन दुई गुना, रात चौगुना भ्रष्टाचार बढिरहेको छ। खुलेआम भ्रष्टाचार भइरहेको छ।’

यसैगरी उप–महासचिव शर्माले पार्टीमा नेतृत्वको वरिपरी गोलबन्द हुने र नेतृत्वको जयजयकार गर्ने, दलाली गर्ने र नतमस्तकता प्रस्तुत गर्ने प्रवृत्तिको विकास भइरहेको उल्लेख गर्दै नेतृत्वमा पनि जसले प्रशंसा र चाकडी गर्छ, उसैलाई आर्शिवाद दिने खालको प्रवृत्ति मौलाएको उनले बताए । उनले पार्टीमा जनवादी केन्द्रीयताको कुरा गरिराख्दा जनवाद समाप्त भइसकेको र केन्द्रीयतामात्रै बाँकी रहेको बताउदै अहिले कम्युनिष्ट पार्टी फेरि सामन्ति झुण्डहरुजस्ता बन्न थालेको बताए ।

उपमहासचिव शर्माले पुँजीवादी क्रान्तिको चरण पार गरिसकेपछि नेपाली कम्युनिस्ट आन्दोलन चौबाटोमा अलमलिएको जस्तो भएको भन्दै उनले चौबाटोमा अलमलिएको कम्युनिस्ट आन्दोलनबाट कसरी मुक्ति मिल्छ रु त्यसको उत्तर दिने बेला आएको बताउदै भने९‘पुँजीवादी क्रान्तिले एउटा चारण पार गरिसकेपछि चौबाटोमा हराएको बटुवा जस्तो यता जाऊँ कि उता जाऊँ भनेर अलमलिइरहेको कम्युनिस्ट आन्दोलनको एउटा सदस्यको नाताले मैले आफैमाथि प्रश्न गरिराखेको छु।

यो भौतारिँदै गरेको अवस्थाबाट कसरी मुक्ति मिल्न सक्छ रु कुन दिशा अँगाल्ने भनेर प्रश्न अहिले हाम्रो अगाडि आएको छ ।’ उनले थपे, ‘सहिदहरूले गरेको बलिदानी, घाइतेले गरेको त्याग, उत्पीडित वर्ग समुदायले हामी प्रति गरेको विश्वास आफैलाई निहालेर हेर्दा हामीले कति घोकाएका कति आफै जानेका आश्वासन बाँड्दै आन्दोलनलाई अगाडि बढाइरहेका क्षणलाई सम्झँदै यति बेला म आफै आन्दोलनको कठघरामा उभिएको मैले महसुस गरेको छु । यो कठघराबाट हामीले प्रश्नको जवाफ दिन सक्छौँ कि सक्दैनौँ र ?’

उपमहासचिव शर्माले वर्तमान नेतृत्वका सहयात्री योद्धाहरू पनि भएकाले उत्तर नदिँदा नेपाली जनताको आशा र विश्वास कम्युनिस्ट आन्दोलनप्रति हराउँदै जाने खतरा रहेको बताउदै उत्तर दिँदा कतिपयलाई मन नपर्ने भए पनि इतिहासप्रति बेइमानी गर्न नहुने प्रष्ट्याए । उनले भने९ ‘यो व्यक्ति विशेषको कुरा होइन । यो वर्ग, आन्दोलनप्रति विश्वास, सङ्कल्पको कुरा हो ।

पुष्पलालले सर्वहारा वर्गको अग्रदस्ता निर्माणमा भूमिका खेल्नुभयो । युवा अवस्थामा कफन बाँधेर हजारौँ योद्धाका बिचमा यो लडाइँ लड्यौँ।’

मरणोपरान्त अध्यक्ष बनिराख्न च्यासलतिर आरती उतारिरहेका छन् – महासचिव भुसाल

आज पुष्पलाल स्मृति दिवस