The current image has no alternative text. The file name is: samiti.gif

काठमाडौं । संघीय निजामती विधेयकको कुलिङ पिरियडमा भएको अनियमितताको छानबिन गर्न विशेष संसदीय समिति गठन हुने भएको छ । सभामुख देवराज घिमिरेसहित विभिन्न दलका नेताहरूबीच शनिवार भएको छलफलपछि यो छानबिन समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बताए ।

उनका अनुसार समिति सात सदस्यीय हुनेछ । यसमा नेकपा एमाले र नेपाली कांग्रेसबाट २–२ जना, तथा नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य रहनेछन् । बर्तौलाले संसद्को नियमावलीको नियम १८० अनुसार समिति गठन गर्ने निर्णय भएको जानकारी दिए ।

समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिने नाउपाको निर्णय

साम्राज्यवादी युद्ध र आक्रमणको विरोधमा पाँच कम्युनिष्ट पार्टीले प्रदर्शन गर्ने