काठमाडौं ।काठमाडौंको नारायणहिटी दरवार संग्रहालय क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले उक्त स्थानमा पाँच जनाभन्दा बढी व्यक्ति भेला भई अनसन, धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न शुक्रवार निषेध गरेको आदेश जारी गरेका हुन् ।

जेठ १७ गते शनिवारदेखि आगामी असार २४ गतेसम्म केशरमहल चोकदेखि नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटहुँदै जय नेपाल मोडसम्म तथा महेन्द्र सालिक हुँदै नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटसम्म विरोधका कार्यक्रम गर्न नपाइने भएको हो ।

बिहीवारदेखि राजावादी प्रदर्शन प्रारम्भ भएसँगै उक्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको हो । राजावादीले बिहीवार शान्तिबाटिका तथा शुक्रवार माइतीघर क्षेत्रमा प्रदर्शन गरेका छन् ।
अब उनीहरूले नारायणहिटी क्षेत्रमा समेत प्रदर्शनको तयारी गरेपछि प्रशासनले यो आदेश जारी गरेको हो । राजसंस्था पुनर्स्थापनाको माग पूरा नभएसम्म आन्दोलन जारी रहने राजावादीहरूले बताएका छन् ।

अफताब आलमलाई मस्तिष्कघात

११ डिआइजीको सरुवा, को कहाँ ?