काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) का पोलिटब्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सहइन्चार्ज अशोक कोइरालाको निधन भएको छ।
कोइरलाको उपचारका क्रममा सोमबार शिक्षण अस्पताल, महाराजगंजमा निधन भएको हो।उनलाई कपिलवस्तुको जिल्ला अधिवेशन (१७ फागुन) मा मस्तिष्कघात भएको थियो। कोइरालालाई भैरहवा मेडिकल कलेजमा भर्ना गरिएको थियो। सोमबार मात्रै उहाँलाई काठमाडौँ ल्याइएको थियो।
पार्टी केन्द्रीय कार्यालयले कोइरालाको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ। साथै साथै पार्टी केन्द्रीय कार्यालयमा श्रद्दाञ्जलि कार्यक्रम राखिएको छ। चैत्र १२ गते बिहान १० बजे श्रद्धाञ्जली कार्यक्रम राखिएको पार्टी केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभएको छ।