म त झोला बोक्न मन पराउने मान्छे,
सधैं मैले मेरो झोलामा मेरो इमानदारीताको कमाइले जोडेको वस्तु मात्रै बोक्थे ।
यस पटक मैले,मेरो झोलामा ओम्नि,भुटानी शरणार्थी,ललिता निवासको जग्गा, गिरीबन्धु टी स्टेट,मानव तस्करी,भ्रष्टआचरण, सेटिङ, कमिसन,श्रमविहिन पुँजी,दर्शन भेट र चाकडी, विचौलिया चरित्र हाल्न खोजेको त झोलै च्यातियो ।
जति प्यारो भएपनि च्यात्तिएको झोला बोक्नु भएन अनि मैले त झोलै मिल्काई दिएँ।
तपाईंले भए के गर्नुहुन्थ्यो ?
सीता ओझा





