काठमाडौं । नेकपा ( एकीकृत समाजवादी ) का अध्यक्ष माधव नेपालले आफूले कुनै भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।
उनले आफूले एक रूपैयाँ पनि भ्रष्टाचार नगरेको दाबी गरेका छन् ।
अख्तियारमा मुद्दा परेपछि रौतहटमा पार्टी कार्यकर्ता र सञ्चारकर्मीमाझ कुरा गर्दै उनले आफूले कसैबाट अनुचित लाभ नउठाएको बताए । उनले भने तर, म विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको समाचार आएको छ । त्यसैले म काठमाडौं फर्किंदैछु ।’ नेपालले आफू सधैँ सुशासनको पक्षमा अडिग रहेको र कसैले आफूलाई भ्रष्टाचारी सिद्ध गर्न नसक्ने बताउँदै कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।
उनले भने, ‘म राष्ट्रलाई नोक्सान पर्ने कुनै पनि कामको विरुद्धमा रहन्छु । कसैबाट भएको छ भनेर उचित होइन भनेर दृढताका साथ उभिएको छु । त्यहाँ मैले नै निर्देशन दिएँ भनेर लेखिएको छ । मैले मन्त्रीलाई यस्तो कुनै अनुचित काम गर्न आजसम्म निर्देशन दिएको छैन । त्यसको प्रमाण पेस गरियोस् ।’





