-1750061832.jpeg)
शुक्रबार संसदमा बोल्दै उपाध्यक्ष ज्वालाले उक्त कुरा बताउनु भएको हो। सरकारले ल्याएको बजेट पक्षपात र अव्यवहारिक रहेको बताउदै उपाध्यक्ष ज्वालाले सल्यानसँगै सिङ्गो कर्णालीलाई बजेटमा वञ्चितिकरण गरिएको बताउनु भएको छ।
ज्वालाले अगाडि भन्नुभयो, ‘सधै उपेक्षामा पारिएको र बजेटले पनि उपेक्षामा पारिएको छ। यसमानेमा म यस बजेटप्रति खेद व्यक्त गर्दछु। काठमाडौँ, झापा र रूपन्देहीमा मात्रै बजेट केन्द्रित छ। भौतिक पूर्वाधार मन्त्री यहि हुनुहुन्छ। म प्रश्न गर्न चाहान्छु, यो भौतिक पूर्वाधार मन्त्रालय हो कि ? भौतिक पूर्वाग्रही मन्त्रालय हो ?




