काठमाडौराष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । राजावादी प्रदर्शनको क्रममा उनलाई पक्राउ गरिएको हो ।

राजावादी समूहले आइतबार राजधानीको नारायण चौर क्षेत्रमा गरेको प्रदर्शनका क्रममा प्रहरीले थापालाई नियन्त्रणमा लिएको हो ।

प्रहरी घेरा तोडेर बालुवाटारतर्फ जाने क्रममा उनलाई प्रहरीले नियन्त्रणमा लिएर भ्यानमा राखेको थियो ।

जेठ १५ गते गणतन्त्र दिवसकै दिन पारेर राप्रपा, राप्रपा नेपाललगायत राजावादीले गणतन्त्रको विरोधमा आन्दोलन गरिरहेका छन् ।

कांग्रेस–एमालेको रोग सरुवा रोग हो, उनीहरूसँग सहकार्य हुँदैन : अध्यक्ष प्रचण्ड

भोलिदेखि सार्वजनिक यातायात बन्द गर्ने व्यवसायीको घोषणा