sharethis sharing button
भगवती न्यौपाने सामान्य प्रशासन मन्त्री नियुक्त

काठमाडौं : नेकपा एमालेकी राष्ट्रिय सभा सांसद भगवती न्यौपाने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नियुक्त भएकी छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार न्यौपानेलाई मन्त्री नियुक्त गरेका हुन् ।

एमालेकै प्रतिनिधि सभा सांसद राजकुमार गुप्ता यसअघि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री थिए । गुप्ताले मंगलबार नै पदबाट राजीनामा दिएका थिए ।

सरकारले एक वर्षमा भ्रष्टाचार, घुसखोरी र कुशासनको नमुना प्रदर्शन गर्‍यो : ज्वाला

सुदूरपश्चिम प्रदेश सरकारद्वारा पाँच किसानलाई भीमदत्त उत्कृष्ट कृषक पुरस्कार प्रदान