काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका एकै परिवारका १६ जनामध्ये १२ जना पोखरामा भेटिएका छन् ।
सिन्धुलीको गोलन्जोर गाउँपालिका–६ छेत्पाबाट एकै परिवारका १६ जना बेपत्ता भएकामा १२ जना पोखरामा सम्पर्कमा आएका आफन्त बच्छु हायूले पुष्टि गरे । । उनिहरु किन र के कारण घर बाट हिडेका हुन लगायत विवरण आउन बाकी रहेको बताइएको छ।
गोलन्जोर गाउँपालिका-६ स्थित छेत्पा नजिक भण्डास बिप्पर कटेरी भन्ने ठाउँमा बसोबास गर्दै आएकी उर्मिला हायुको १६ जनाको परिवार ४ दिनदेखि सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान थालेको थियो ।
घटनाक्रम पछ्याउँदै जाँदा प्रहरीले उनीहरु पोखराको लेकसाइडस्थित एक होटलमा गएर बसेको सूचना पायो । उनीहरू गत शनिबार नै पोखरास्थित लेकसाइडको होटल जननीमा पुगेर बसेका थिए ।





