लेखनाथ सिकारु का १० हाइकु
झोले १
झोला फुल्दैन
भित्र सडेको टालो
बास्नै गन्हायो ।
झोले २
झोलामा भोट
बद्ला सस्तो गफले
देशै सस्तो भो ।
झोले ३
झोला बोक्छु म
विचार दिशाहीन
नेताको छायाँ ।
झोले ४
गाली बलियो
मुध्दामा कम्जोर छु
झोले बानी हो ।
झोले ५
झोला बोकें है
बुध्दि त घरमै छ
मालिक पुजा ।
झोले ६
इशारामा म
नाच्ने कठपुतली
झोला साक्षी छ ।
झोले ७
सत्ता बद्लियो
झोला उही हिजोकै
फरक छैन ।
झोले ८
स्वाभिमान त
झोलाभित्र खुम्चेर
रोइरहेछ ।
झोले ९
टिकाको रङ्गमा
लाज ढाकिदिन्छु
झोले मुहार ।
झोले १०
सताको शरण
सत्यको मृत्यु
झोलेको स्वर्ग ।
shikarulekhnath2009@gmail.com





