काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को १० महिनाको वित्तीय विवरण सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले वैशाख मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

विवरणअनुसार समीक्षा अवधिमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति २.७७ प्रतिशत रहेको छ । शोधनान्तर स्थिति रु.४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ ।

आयात १३.१ प्रतिशतले र निर्यात ७२.७ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १३.२ प्रतिशतले र अमेरिकी डलरमा १०.५ प्रतिशतले बढेको छ । कुल विदेशी विनिमय सञ्चिति अमेरिकी डलरमा १८ अर्ब ४० करोड पुगेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ६.२ प्रतिशतले र निजी क्षेत्रमा प्रवाहित कर्जा ७.३ प्रतिशतले बढेको  विवरणमा उल्लेख छ  ।

 


तामाङ चलचित्र संघको १७औ स्थापना दिवसमा विविध कार्यक्रम

‘सुशासन र रोजगारी, समाजवादको तयारी’जनतासँग पार्टी जोड्ने कार्यक्रम हो- नेता झाँक्री