काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले पार्टी अध्यक्ष माधव नेपालविरुद्ध अख्तियारले विशेष अदालतमा दायर भ्रष्टाचार मुद्दा प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा भएको आरोप लगाएका छन् ।
सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नेता पाण्डेले भने, पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध दर्ता भएको भ्रष्टाचार मुद्दा पूर्वाग्रह प्रेरित छ ।
‘यो पूर्वाग्रहपूर्ण छ । यस बारेमा पहिले नै अख्तियार मुद्दा चलाउन नपर्ने चिठ्ठी दिइसकेको छ ।
ओलीजीको निर्देशनमा भएको कुरा हो यो ।’ उनले भने ‘अख्तियारले यस विषयलाई लामो समयदेखि तामेलीमा राखेको थियो,’ उनले भने, ‘अहिले सरासर यो मुद्दा प्रधानमन्त्रीकै निर्देशनमा अघि बढेको देखिन्छ।’ पार्टीको बैठक बसेर थप धारणा सार्वजनिक गरिने पाण्डेले बताए ।





