खोटाङ । नेपाली कांग्रेस निकट नेपाल लोकतान्त्रिक खेलकुद संघको खोटाङको अध्यक्षमा मिलन कसजु निर्विरोध निर्वाचित भएका छन् ।                                                                             संघको उपाध्यक्षमा सागर राई, महिला उपाध्यक्षमा वविता खत्री, सचिवमा विरेन गुरुङ, सहसचिवमा श्याम कुमार पौडेल र कोषाध्यक्ष किरण राई चयन भएका छन् ।

यस्तै, सदस्यहरुमा विचारी तामाङ,दिनेश राई, राजधन राई, दिपक खत्री, चन्द्रबहादुर श्रेष्ठ, हरिकुमार श्रेष्ठ, कंचन राई, सविन श्रेष्ठ, सोमकुमार राई, सन्तोष खड्का, ढकराज मगर, गौधन राई र एलिशा गुरुङ चयन भएका छन् ।

अधिवेशनबाट केन्द्रीय प्रतिनिधिमा खड्गमणि राई र बसन्त राई प्रदेश प्रतिनिधिमा प्रदेश क बाट भरत राई, सनम राई र प्रदेश ख बाट रणजंग राई, गणेश पुमा राई र एलिशा राई चयन भएको जानकारी दिइएको छ।

नेपाली कांग्रेस खोटाङका उपसभापति इवन राईको प्रमुख आतिथ्यतामा एवम् नेपाल लोकतान्त्रिक खेलकुद संघका केन्द्रीय सदस्य बेदप्रसाद वनको विशेष आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा अन्य राजनीति दल सम्बद्ध जन संगठनका प्रतिनिधिहरु लगायत तथा नेपाली कांग्रेसका नेता तथा कर्याकर्ताहरुको उपस्थिति रहेको थियो।

नेपाली कम्युनिष्ट आन्दोलनमा पुष्पलालको योगदान महत्त्वपूर्ण छः अध्यक्ष नेपाल

मेरो जीवन जोडिएको पाटी सदस्यता कसैले खान सक्दैन ‘म एमालेमै छु’- विद्या भण्डारी (पूर्णपाठ)