
शनिबार पार्टी उपमहासचिव मेटमणि चौधरीको प्रमुख आतिथ्यता पार्टी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्री विशेष आतिथ्यतामा भेला सम्पन्न भएको हो।
त्यस्तै भेलामा पोलिटब्युरो सदस्य नन्द बञ्जाडे, पार्टी केन्द्रीय सदस्य, लुम्बिनी प्रदेश कमिटी अध्यक्ष अब्दुल हुेसन खाँलगाएतका नेताहरुको उपस्थिति रहेको थियो।
भेलाले कृष्ण थापाको अध्यक्षतामा ४५ सदस्सीय युवा संघ लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ। उपाध्यक्षमा सार्दुल कसौधन (रुपन्देही), अर्का उपाध्यक्षमा सुनिल बुढाथोकी (दाङ), सचिवमा धनराज डीसी (रोल्पा), उपसचिवद्धयमा साजन सापकोटा (बाँके), शान्ति पाटा मगर (दाङ) र कोषाध्यक्षमा आशिष श्रेष्ठ (पाल्पा) निर्वाचित हुनुभएको छ।
यसैगरी सदस्यहरूमा शिशिर खत्री (बर्दिया), पुन्थे शाही (बाँके), दुर्गा बुढाथोकी (दाङ), आनन्द भुसाल (अर्घाखाँची), गोविन्द नेपाली (अर्घाखाँची), विशाल बराल (गुल्मी), साईजन खाँण (कपिलवस्तु) लगायत रहुनुभएको छ।







