काठमाडौं । बुहचर्चित सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रहरीले प्रकाउ गरेको छ । काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

तर, रोकालाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सीआइबीका प्रवक्ता एवं एसपी युवराज खड्काले रोकालाई सम्पत्ति शुद्धिकरणबाट पत्र आएकोले पक्राउ गरिएको बताए ।

६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो । उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।

छानबिन गर्ने नै हो भने विगतका प्रधानमन्त्री तथा अर्थमन्त्रीहरूलाई डिल्लीबजार भवनमै भेट्न पाइन्छ -वरिष्ठ उपाध्यक्ष पाण्डे

युवाहरु भ्रमित भएमा परिवर्तन र अग्रगमनले गति लिँदैन : प्रधानमन्त्री