काठमाडौं । नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई मस्तिष्कघात भएको छ । उनको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको छ ।

बुधबारमात्रै जेलमुक्त भएका आलमलाई शुक्रबार बिहान ७ बजे मस्तिष्कघात भएको र परिवारका सदस्यले १०.३० बजे काठमाडौंको माइतीघरमा रहेको अन्तपूर्ण न्युरो अस्पतालमा पुर्‍याएका थिए ।

रौतहटमा भएको बम विस्फोटका अभियुक्त आलम बुधबार साँझ ललितपुरस्थित नख्खु कारागारबाट रिहा भएका थिए ।

जिल्ला अदालत रौतहटको आदेशलाई उल्ट्याएर बुधबार उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जले रिहा गर्न आदेश दिएको थियो ।

खतिवडालाई प्रेस स्वतन्त्रता सेनानी सम्मान

शनिवारदेखि नारायणहिटी आसपास क्षेत्रमा निषेधाज्ञा