इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ

चितवन, इच्छाकामना गाउपालिका कुरिनटार स्थित कुरिनटार रिट्रिट रिसोर्टमा गर्मी छल्न आन्तरिक पर्यटक हरुको भिड बढ्ने क्रममा छ। नेपाल को प्रमुख राजमार्ग संगै अवस्थित यस कुरिनटार रिट्रिट शान्त, मनमोहक र मनोरन्जन को उत्कृष्ट प्याकेज को रुपमा परिचित छ।
प्रसिद्व धार्मिक स्थल मनकामना मन्दिर बाट नजिकै रहेको यस रिट्रिटमा भक्तजन देखि, देशका विभिन्न स्थान देखि काठमान्डौ भित्रने होस् वा काठमान्डौ बाट पृथ्वी राजमार्ग हुदै बाहिरिने देश तथा विदेशका यात्रुहरूको आकर्षणको केन्द्र बन्दै गएको छ।

एलिट हस्पिट्यालिटी को व्यवस्थापनमा सञ्चालित यस रिट्रिटमा स्वादिलो तथा स्वस्थकर खाना, आरामदायी बसोबास, र विविध मनोरञ्जनात्मक सुविधा उपलब्ध छन्। भव्य स्विमिङ पूल देखि हरियालीले भरिएको रमणीय वातावरणसम्म, यहाँ आउने पर्यटकहरूले शान्त वातावरणमा गर्मी छल्ने अवसर पाइरहेका छन्।
कुरिनटार रिट्रिटको प्रमुख आकर्षणहरूमा स्वादिलो नेपाली, भारतीय तथा अन्तर्राष्ट्रिय परिकार पस्किने एसी रेस्टुरेन्ट विशेष चर्चित छ। यात्राका क्रममा विश्राम गर्न, रमाइलो खानपानको मजा लिन यहाँको रेस्टुरेन्ट यात्रुहरूको रोजाइमा परेको छ।

बालवालिका का लागि अत्याधुनिक प्ले ग्राउन्ड को ब्यबस्थाले रिट्रिटलाई पारिवारिक मनोरञ्जन को उत्कृष्ट हब बनाएको छ । साथमा इलेक्ट्रोनिक भेइकल चार्जिङ्ग स्टेशनको समेत ब्यबस्था रहेको छ ।

रिट्रिटको व्यवस्थापनले आगामी दिनहरूमा थप नयाँ सुविधा र सेवा विस्तारको तयारी गरिरहेको जनाएको छ। कुरिनटार रिट्रिटको विकाससँगै कुरिनटार क्षेत्रमा आन्तरिक पर्यटनको चहलपहल झनै बढ्ने अपेक्षा गरिएको छ।

माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्न आदेश

लक्ष्मी देवीले चुमिन द मिसेस नेशनल ग्र्याण्डको ताज