बागमती प्रदेश कमिटीले मकवानपुर हेटौंडामा बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि धर्ना कार्यक्रम सम्पन्न भएको गरेको छ। कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य तथा अखिल नेपाल महिला संघ (समाजवादी) की अध्यक्ष मुनु सिग्देल, केन्द्रीय सदस्य राजाराम स्याङ्तान, प्रदेश अध्यक्ष भीमप्रसाद दाहाल, प्रदेश सचिव एलपी श्रेष्ठ, केन्द्रीय सल्लाहकार सदस्य यादव गजुरेल, जिल्ला अध्यक्ष विष्णु दाहाल, सचिव किशोर बर्तौलालगायत प्रदेश, नगर तथा वडा समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

धर्ना कार्यक्रममा पार्टी कार्यकर्ताहरूले घामको चर्को ताप सहेर पनि शान्तिपूर्ण रूपमा सहभागिता जनाएका थिए। पार्टीले अघि सारेको ५९ बुँदे माग पूरा नभएसम्म प्रदेशभर प्रदर्शन जारी रहने जानकारी गराइएको छ।

शान्तिपूर्ण प्रदर्शनमा हतियारधारी तथा सशस्त्र प्रहरी परिचालन गर्नु दमनकारी तथा लोकतन्त्रविरोधी कार्य भएको भन्दै पार्टीले घोर भर्त्सना गरेको छ। साथै, मागहरू चाँडै सम्बोधन नभए आन्दोलन अझै व्यापक र सशक्त बनाउने चेतावनीसहित कार्यक्रम सम्पन्न गरिएको छ।

506397709_122219377580188728_640709990951362729_n-1749800128.jpg

मलिलो माटो, सुनौलो भविष्य- उत्पादनको नयाँ युग: प्रदेश सरकारसँग हातेमालो

उच्चका चार न्यायाधीश मुख्य न्यायाधीशमा सिफारिस