काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) रूपन्देही अध्यक्षमा हिराध्वज शाह सर्वसम्मत निर्वाचित हुनुभएको छ।

शनिबार र आईतबार सम्पन्न पार्टीको १०औँ जिल्ला अधिवेशनले शाहको नेतृत्वमा ६७ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो।

अधिवेशनले उपाध्यक्षमा अविराम विश्वकर्मा र मिरा श्रेष्ठ, सचिवमा टंकप्रसाद पोखरेल निर्वाचित भएको निर्वाचन मण्डलका अध्यक्ष प्रशुराम घिमिरेले जानकारी दिनुभएको छ।

त्यस्तै यसैगरी उप–सचिवमा रामबहादुर बस्नेत, बाबुराम अर्याल र शारदा पहारी चयन हुनुभएको छ। समावेशी सदस्यहरूसहित ६७ सदस्य सर्वसम्मत निर्वाचित भएको निर्वाचन मण्डलले जनाएको छ।

पोलिटब्यूरो सदस्य नन्दलाल बन्जाडेको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलमा पोलिटब्यूरो सदस्य अब्दुल हुसेन खाँन, केन्द्रीय सदस्य सिद्धिचरण भट्टराई, भगवती घिमिरे, उमा काफ्ले, लक्ष्मी भुसाल, बाबुलाल यादव रहनु भएको थियो। शनिबार पार्टीका महासचिव घनश्याम भूसालले उद्घाटन गर्नुभएको अधिवेशनको आईतबार बन्दसत्र सञ्चालन गरिएको थियो।

मसानघाट पुर्‍याएको राजतन्त्र कुर्लिन थाल्यो: उपाध्यक्ष राई

एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य अशोक कोइरालाको निधन