असार २७ गते नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी, नेकपालगायत १२ वटा राजनीतिक दलहरूले इजरायले प्यालेसनाइनमाथि मच्चाइरहेको नरसंहार विरूद्ध प्रदर्शन गर्न लागेका हुन्।

नेकपा (एकीकृत समाजवादी) स्थायी कमिटी सदस्य तथा पार्टी मोर्चा फाँट उपप्रमुख बलाराम बाँस्कोटाकाअनुसार आगामी शुक्रबार दिउँसो २ बजे राजधानीको शान्ति बाटिकाबाट जनप्रदर्शन सुरू हुनेछ। शान्ति बाटिकाबाट सुरू हुने जनप्रदर्शन पुतलीसडकहुँदै भृकुटिमण्डपमा पुगेर सभामा परिणत हुनेछ।

पार्टीका विभिन्न जनसंगठनलाई उपप्रमुख बाँस्कोटाले पठाएको सन्देशमा भनिएको छ,‘यहि असार २७ गते नेकपा (एकीकृत समाजवादी) सहित १२ राजनीतिक दलहरूले प्यालेस्टाइनमाथीको आक्रमण तथा जनसंहार र इरानमाथिको हमला विरूद्ध जनप्रदर्शनमा सहभागी हुन सबै जनसंगठनका कमरेडहरूलाई अनुरोध एवं निर्देशन  गरिन्छ।’

रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउन थप ७ दिन

अन्तरघात गरेको आरोपमा कांग्रेसका डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही