भारतको अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटना

 

एजेन्सी : भारतको गुजरातस्थित अहमदाबादमा एयर इन्डियाको विमान दुर्घटनामा परेको छ ।

दुर्घटनास्थलमा दमकलका गाडीहरू पुगिसकेका छन् । अहमदाबादको दमकल विभागले घटनाको पुष्टि गरेको छ ।

अहमदाबाद विमानस्थलको टर्मिनल–१ का प्रबन्धकले घटनाबारे जानकारी दिँदै विमानस्थल क्षेत्र बाहिर धुवाँ देखिएपछि जाँचका लागि सम्पूर्ण टोली घटनास्थलतर्फ गएको बताएका छन् ।

हालसम्म प्राप्त तस्बिरहरूमा विमानमा आगो लागिरहेको र बाक्लो धुवाँ निस्किरहेको देखिन्छ । विमानमा २४२ यात्रु सवार रहेको बताइएको छ ।

विश्वमा अझै १३ करोड ८० लाख बालबालिका श्रममा, नेपालमा पनि बाल श्रम विरुद्ध दिवस मनाइँदै

अफताब आलमलाई सफाइ दिने न्यायाधीशलाई मोसो दलियो