खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकामा कृषि तथा पशुपंक्षी प्रोत्साहन र सुनौलो हजार दिनका आमाहरुलाई पोषण सुधारका लागि आयआर्जन अनुदान वितरण गरिएको छ।
आज गाउँपालिकामा प्रमुख प्रशासकिय अधिकृत पिएस्पी चाम्लिङ राईको अध्यक्षता र गाउँपालिका अध्यक्ष लोकेन्द्र राईको प्रमुख आथित्यमा अनुदान रकमको चेक हस्तान्तरण कार्यक्रम गरी कृषि तथा पशुपंक्षी प्रोत्साहन कार्यक्रम अन्तरगत गाउँपालिका भित्र ब्यवसायिक कृषि तथा पशुपालन ब्यवसाय गर्दै आएका १० ओटा फर्महरुलाई रु. १ लाखका दरले १० लाख कृषि प्रोत्साहन र सुनौलो हजार दिनका आमाहरुलाई पोषण सुधारका लागि रु.२५ हजारका दरले २५ जनालाई रु. ६ लाख पच्चीस हजार आय”आर्जन अनुदान रकम चेक मार्फत हस्तान्तरण गरेको हो।
कार्यक्रममा उपाध्यक्ष अरुणा थापा मगर, नेकपा एमाले खोटाङका पुर्व अध्यक्ष रामप्रसाद दंगाल, सातै वडाका वडाध्यक्षहरु, स्थानीय अगुवा कृषक, सुनौलो हजार दिनका आमाहरुलगायतको उपस्थिति रहेको थियो।
कृषि तथा पशुपंक्षी प्रोत्साहन कार्यक्रम अन्तरगत दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं.७ को मन्जिरा कृषि तथा पशुपंक्षी फर्म र खुसिला कृषि तथा पशुपंक्षी फर्मलाई बंङ्गुर पालनाका लागि रु. एक/एक लाख प्रोत्साहन अनुदान वितरण गरेको छ।
यसैगरी वड नं. ३ को शिजा नमुना कृषि पशुपंक्षी फर्म, वडा १ को निस्चल कृषि फर्म, वडा नं.२ को शेष्थुम्की कृषि पशुपंक्षी फर्म, वडा नं. ५ को आशोन कृषि तथा पशुपंक्षी फर्मलाई बाख्रा पालनाका लागि र वडा नं. १ को काहुले मौरी पालन तथा कृषि फर्म, मोहोरिया कृषि पशुपंक्षी तथा मत्स्य फर्म, वडा नं. २ को कौशिला कृषि तथा पशुपंक्षी फर्म र वडा नं. ५ को आशा कृषि तथा पशुपंक्षी फर्मलाई तरकारी तथा फलफुल उत्पादनका लागि रु एक/एक लाख कृषि प्रोत्साहन अनुदान वितरण गरिएको कृषि शाख प्रमुख एल्बी मगरले जानकारी दिए।
यसरी नै सुनौलो हजार दिनका विपन्न महिला सदस्यहरुको आय आर्जनका लागि बहुक्षेत्रीय पाेषण कार्यक्रम अन्तरगत वडा नं. १ कि अमिता राई, लक्ष्मी परियार र इन्दिरा राई वडा नं. २ कि उमा बि.क., नमिता बि.क. र सरस्वती परिवार, वडा नं.३ कि उषा तामाङ, विनिता राई, कमला मुग्राती रम्तेल, वडा नं.४ कि करीमा राई, कविता खत्री, एलिना राई, प्रमिला बि.क. वडा नं.५ कि विनिता चाहार, निर्मला खत्री राउत, कल्पना थापा, यमुना राई, वडा नं.६ कि हिरादेवी वस्नेत, डम्बरी माया भुजेल, सुस्मिता तामाङ र वडा नं.७ कि समिता मगर तामाङ, रमा राई, निरुता भुजेल र अनुका राईले जनही रु. २५००० वितरण गरिएको बहुक्षेत्रीय पाेेषण कार्यक्रमका सहज कर्ता इन्द्रकला राईले जानकारी दिइन् ।
प्रोत्साहन तथा अनुदान हस्तान्तरण वितरण कार्यक्रम समापन मन्तब्य राख्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले देशकै मेरुदण्डको रुपमा रहेको कृषि पेशालाई ब्यवसायिकरण गर्दै कृषि उत्पादन बढाउनुका साथै आन्तरिक कृषि स्वरोजगारका माध्यमबाट नागरिकहरुका जीवनस्तरमा सुधार गरी गाउँपालिकालाई आत्मा निर्भर बनाउने ध्येयका साथ अगुवा कृषकहरुलाई कृषि प्रोत्साहन वितरण गरिएको बताउनु भयो।
साथै सुनौलो हजार दिनका विपन्न महिलाहरुलाई आमा र बच्चाको पाेषण सुधार र आय आर्जन अभिवृद्धिका लागि अनुदान वितरण गरिएको बताउँदै अध्यक्ष राईले उदेश्य अनुसार उत्पादनको क्षेत्रमा लगानी गर्न र प्रतिफल हासिल गर्न निर्देशात्मक भनाई ब्यक्त गर्नु भयो





