
ललितपुरको जावलाखेलस्थित डीएभी स्कुलमा शुरु भएको पाँच दिने सम्मेलन सम्पन्न भएको छ । नेपालसहित विश्वका विभिन्न चालिस भन्दा बढी देशका संस्कृत भाषाका ज्ञाता तथा विश्वविद्यालयका प्राध्यापकहरूले संस्कृत बाङ्मय र भाषाका बिषयमा आ–आफ्नो धारणा राखेका छन् ।

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक माधवप्रसाद पोखरेल, चीनको क्युलेली एकेडेमीका प्राध्यापक मेइ याङ, भारतको कोलकत्तास्थित सत्यनारायण चक्रवर्ती रवीन्द्र भारती विश्वविद्यालयका प्राध्यापक स्थानेश्वर तिम्सिना, अमेरिकाको सान डिगो स्टेट विश्वविद्यालय प्राध्यापक म्याकोमस टेलर, अष्ट्रेलियाको नेशनल युनिभर्सिटीका प्राध्यापकको उपस्थिति रहेको छ ।
करिब ८ सय जनाको उपस्थित रहेको सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, भुटान, बंगलादेश, ईटालीलगायत विभिन्न देशका संस्कृत ज्ञाता तथा विश्वका विभिन्न देशका प्रख्यात विश्वविधालयका प्राध्यापकहरु सहभागी थिए ।
सम्मेलनकाे विशेष समारोहबीच राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय प्रज्ञा प्रतिष्ठानमा उद्घाटन गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले संस्कृत भाषा, साहित्य र संस्कृतिको दक्षिण एशियामै गहिरो प्रभाव पर्दै आइरहेकामा अब यसलाई छिचोलेर विश्वव्यापी बन्न पुगेको धारणा राख्नुभयो ।
सम्मेलनमा नेपाल, चीन, भारत, अमेरिका, अष्ट्रेलिया, पाकिस्तान, भुटान, बंगलादेश, ईटालीलगायत विभिन्न चालिसभन्दा बढी देशका संस्कृत ज्ञाता तथा विश्वका विभिन्न देशका प्रख्यात विश्वविधालयका प्राध्यापकहरु सहभागी भएका थिए ।

सो सम्मेलनमा स्वामिनारायण संस्थाका प्रकाण्ड विद्वान, संस्कृत भाषाका ज्ञाता, गुणातित गुरुपरमपरा साथै अक्षर पुरुषोत्तम सिद्धान्तका व्याख्याता, सत्सङ्ग दीक्षा ग्रन्थलाई संस्कृत भाषामा सुशोभित तुल्याउनुहुने, विभिन्न अन्तरास्ट्रिय सम्मानहरुबाट पुरस्कृत, आदरणीय, परम बन्दनिय महोपाध्याय पुज्य साधु भद्रेसदास स्वामि, पुज्य आत्मतृप्तदास स्वामिजी लागायत सन्तगणले समेत अक्षरपुरुषोत्तम दर्शनको प्रस्तुति दिन’ भएको थियो ।

उहाँले तत्पश्चात असार २९ गतेसम्म निलकण्ठवर्णी भगवान स्वामिनारायणको तपोभूमि, सिद्धभूमि, भगवान बुद्धको जन्मभूमि लुम्बिनी, किराँत सभ्यता, किरातेश्वेर देवादिदेव महादेव पशुपतिनाथको शिवभूमि, गोरखभूमी, मुक्तिनाथ, सनातन सभ्यताको मूलभूमि सम्पूर्ण महामाया देवि भगवती पाथिभरा,बराहा देवता,जानकी उत्पत्ति जनकपुर, देवघाटधाम, मनकामना, बिन्दवासिनी, स्वर्गद्वारी, खप्तड, देवि देवताहरुको वासस्थान देवभूमि, व्यास,परासर, वाल्मीकि, पुल्ह, कपिल आदि सिद्ध ऋृषिमुनिहरुको तपोभूमी, पवित्र शालग्राम पावन कालीगण्डकी, शुक्लागण्डकि, नारायणी, बागमती, कोशी, भेरी,पृथ्वीको शिर सगरमाथाको देश यो पुन्यभूमि हजारौं तीर्थहरुका, तीर्थराज नेपालमा बिचरण गर्ने कार्यक्रम रहेको छ ।

यसै सन्दर्भमा उहाँले १७ गते आनन्द पशुपति होटल तिलगंगामा अक्षर पुरुषोत्तम दर्शन स्थापना, १८ र १९ पोखरा, २० र २१ मुक्तिनाथ पुल्हाश्रम, पुनः पोखरा, २३ र २४ राम्दी, बुटवल, २५ र २६ देवघाट चितवन, २७ गते चतराधाम सुनसरी आदिबराह र २८, २९ र ३० काठमाडौमा कार्यक्रम गर्ने जनाईएको छ ।




