धनन्जय भट्टराई

ओहायो: अमेरिकाको ओहायो राज्यमा विश्व भुटानी हिन्दु संगठन र वैदिक निर्णय समितिको मुल आयोजनामा वेदमय संस्कार, विश्वशान्तिको कामना र आध्यात्मिक पुनर्जागरणको महान उद्देश्यले “विश्वशान्ति ज्ञानमहायज्ञ – 2025, ऐतिहासिक धार्मिक अनुष्ठान” सुरु भएको छ ।

धार्मिक अनुष्ठानको पहिलो दिन विभिन्न धार्मिक झाँकि विभिन्न देशबाट आउनु भएका गुरु महाराज सहितको सक्रियतामा हजारौं भक्तजनको उपस्थितमा कलशयात्रा सम्पन्न भएको छ । विभिन्न एघार देशका झण्डा सहित गरिएको कलशयात्राले अनुष्ठान परिषर शु-शोभित तथा अत्यन्त रमणिय बनेको थियो ।

यस अनुष्ठानमा विभिन्न एघार देशको प्रतिनिधित्व गर्दै आउनु भएका सन्त गुरुमहाराजको स्वस्तिवाचन सहित ७४८ केजीमा निर्मित विशाल कलश (घडा) को उद्घाटन गरिएको छ ।

यस कार्यक्रमका संयोजक कमल धिमालले कार्यक्रमको जानकारी गराउदै एघार देशका झण्डा कलशसंगै राखिने र विभिन्न एघार देशका प्रमुख तथा धार्मिक (गंगा) नदिबाट ल्याइएको जलले घडा भरिने र उक्त जलबाट अभिषेक गरिने समेत वताउनु भयो । प्राप्त जानकारि अनुसार दैनिक विभिन्न देशवाट पाल्नु भएका गुरु महाराजका सुमधुर वाणी हुनका साथै १०८ श्रीमद्भागवत पाठ पारायण, चतुर्वेद पाठ-पारायण, पञ्च कुण्डीय हवन, कोटिवर्तिका प्रज्ज्वलन, स्तम्भ कलश, १०८ शंखनाद, १०८ विष्णुसहस्रनाम पाठ पारायण, विभिन्न विग्रहको स्थापना, रुद्राभिषेक, सप्तशती पाठ, मन्त्रजप, भजन-कीर्तन, योग-ध्यान एवं सङ्गीतमय कथा-प्रवचन गरिने छ ।

सातै दिनसम्ममा लाखौ भक्तजनको यस पवित्र धाममा उपस्थित भइ पुण्य लाभ लिने विश्वास लिइएको छ । यस अनुष्ठान अत्यान्तै ब्यवस्थित गरिएको छ अनुष्ठानमा आउनु पहिेले नै पार्किङको लागि स्क्यान गरि पार्किङ बुक गरेर आउन अनुरोध गरिएको छ  ।  

स्वयंसेवकहरुको वाक्लो उपस्थितीले धेरै सहज वनाएको छ । जुलाई १६ बाट शुरुवात भएको अनुष्ठान सात दिनसम्म चल्नेछ । ओम सेन्टर दिब्यधाममा अनुष्ठान भै रहेको छ ।

आज केही प्रदेशमा भारी वर्षाको सम्भावना,देशभर मनसुन सक्रिय

श्रम बिना प्रगति सम्भव छैन : प्रधानमन्त्री ओली