काठमाडौँ। युवा संघ नेपालले १८औँ गणतन्त्र दिवसका अवसरमा दीप प्रज्वलन गरेको छ।
नेकपा (एकीकृत समाजवादी) पार्टी केन्द्रीय कार्यालय आलोकनगर काठमाडौँमा बिहिबार साँझ दीप प्रज्वलन गरेको युवा संघ काठमाडौँका अध्यक्ष गौरी शंकर रानाले जानकारी दिए ।
युवा सङ्घ नेपालको नवौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटी संयोजक रोशन थापाको अध्यक्षता एवं पार्टी वरिष्ठ नेता प्रमेश हमालको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम समपन्न भएको हो।





